कोशीका मुख्यमन्त्रीले प्रचण्ड विश्वासको भारी कति दिन बोक्न सक्लान् ?
यो समाचार बर्णन मिडियाका प्रधान सम्पदक तथ संचालक नारायण प्रसाद दाहाल ज्युले लेख्नु भएको हो।
कोशीका मुख्यमन्त्री केदार कार्कीले बुधबार प्रदेश सभाबाट प्रचण्ड विश्वास पाए । एमालेका ३९ र कांग्रेसकै ८ गरी ४७ सांसदको प्रष्ट बहुमत लिएर शनिबार मुख्यमन्त्री नियुक्त भएका कार्कीले बुधबार विश्वासको मत लिँदा गठबन्धनका ४ वटै दल उनकै पक्षमा उभिए।
९३ सदस्यीय प्रदेश सभामा बुधबार मतदान हुँदा ९२ जना उपस्थित थिए। जसमा उपसभामुख सिर्जना दनुवारले मत दिन पाइनन्। राप्रपाका ५ सांसदले मात्र उनको विपक्षमा उभिए।
केन्द्रको सत्ता गठबन्धन र आफ्नै पार्टीभित्र विद्रोह अनि तत्कालीन प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग हातेमालो गरेर मुख्यमन्त्रीको पदमा पुगेका थिए । अन्ततः कार्कीको कदम गठबन्धनबाट अनुमोदन हुनु उनको यो ठूलो राजनीतिक र नैतिक विजय पनि हो । साथै गठबन्धनका दलहरू चरम लाचारी पनि हो ।
प्रदेश सभा नै विघटन भएर मध्यावधि चुनावमा जाने खतरा देखिएको बेला सरकार निर्माणको अन्तिम विकल्प प्रयोग गरी उनी मुख्यमन्त्री भएका हुन्। रुद्राक्ष माला लगाएर बुधबार विश्वासको मत माग्न पुगेका उनले सबै दललाई सहयोगको आग्रह गरेका थिए । प्रदेशका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका थिए ।
त्यसमाथि दलहरु मध्यावधिमा निर्वाचनमा जान चाहेका पनि छैनन् । उनीहरुले प्रदेशको स्थिरताको लागि उभिने बताइरहेका छन् । गठबन्धनले पनि यही बाध्यतामा टेकेर कार्कीलाई विश्वासको मत दिनुपरेको हो ।
प्रदेश सभामा बुधबार मुख्यमन्त्री केदार कार्कीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै एमाले संसदीय दलका नेता हिक्मत कार्कीले भने, ‘सरकार बनाएर मध्यावधिको एउटा चक्र रोक्ने प्रयास गरेका छौँ। यो प्रदेशको राजनीतिक अस्थिरतालाई हामीले सधैँका लागि अन्त्य गर्ने प्रयास गरेका छौँ।’
आउँदो पुसमा ५० औँ जन्म दिन मनाउने कार्की नेपाल विद्यार्थी संघबाट राजनीति थालेका हुन्। उच्च शिक्षा अध्ययनका लागि विराटनगर गए। स्नातक पढे। त्यहाँ रहँदा नेविसंघको क्षेत्रीय सभापति बने। २०५९ सालमा मोरङ जिल्ला सभापति चुनिए। नेविसंघबाट २०६० सालमा महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको उम्मेदवार बने पनि पराजित भए। २०६३ मा मात्र नेविसंघको केन्द्रीय सदस्य बने।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठनको आह्वान गरेपछि कार्की मुख्यमन्त्रीको लबिइङमा लागे। उनले उम्मेदवार नबनाए जसरी पनि बन्ने चुनौती दिएका थिए।
संवैधानिक व्यवस्था अनुसार कार्की बलियो यसकारण देखिए कि आङ्बो पक्षले बुझाएको ४७ जनामा कार्कीको समेत नाम थियो। उनले फिर्ता नलिने अडान लिनेबित्तिकै आङ्बोको पक्षमा बहुमत पुग्ने थिएन। त्यसैले आङ्बो गणित र चातुर्य दुवैमा पछि परे । एमालेको साथ पाएर कार्कीले बाजी मारे ।
गण्डकी प्रदेश स्थापना दिवसमा मुख्यमन्त्री पाण्डेको शुभकामना
क्लिनचिटको अपार विफलतापछि धरौटीले पार्दै छ रविलाई नयाँ चक्रव्यूहमा
बागमती प्रदेशसभाको पाँचौँ अधिवेशन माघ १० गतेदेखि
‘सरकारले मधेसको विकासमा उच्च प्राथमिकता दिएको छ’
न्यायाधीशद्वय मल्ल र सुवेदीको इजलासबाट गण्डकी सरकार गठनविरुद्धको रिट खारेज
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका तीनै जना उम्मेदवार विजयी
प्रतिक्रिया