नियमित स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थापाथलीस्थित नर्भिक अस्पताल नियमित स्वास्थ्य परीक्षण गराइरहनुभएको छ । 

प्रधानमन्त्री दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्रीको ‘एन्जिओग्राम’ गरिएको छ । उहाँ केही समय अस्पतालमा नै आराम गरेर आजै निवास फर्कनुहुनेछ ।