रामेछाप कपको उपाधि धादिङलाई
नेपाल विद्यार्थी सङ्घ जिल्ला कार्य समिति रामेछापले आयोजना गरेको नेविसङ्घ कप–२०८० को उपाधि धादिङले जितेको छ ।
बागमती प्रदेशस्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आज सम्पन्न फाइनल खेलमा धादिङले रामेछापलाई २२–२५, २५–२२, २५–१४, २३–२५ र १५–१२ ले जितेको हो । तृतीय स्थानका लागि ललितपुर र नुवाकोटबीच भएको खेलमा नुवाकोटले ललितपुरलाई २५–१७, २५–१७, २५–२५ ले जिती ललितपुर तेस्रो भएको छ । आइतबारदेखि मन्थलीमा सुरु भएको उक्त खेलमा बागमती प्रदेशका १० जिल्लाका खेलाडीको सहभागिता रहेको थियो । तीन दिनसम्म चलेको उक्त खेलको उद्घाटन बागमती प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता एवं आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले गर्नुभएको थियो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने खेलाडीलाई क्रमशः नगद रु दुई लाख, एक लाख ५० हजार, एक लाख र ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिएको छ ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया