पाथीभरामा एकै दिन दुई हजार बढी तीर्थयात्री पुगे
ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा मङ्गलबार एकै दिन दुई हजार बढी तीर्थयात्री पुगेका छन् ।
मुलुकका विभिन्न क्षेत्रबाट देवीको पूजाआराधना तथा मन्दिरको दर्शनका लागि एकै दिनमा दुई हजार पाँच सय ५५ तीर्थयात्री पुगेको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
नवरात्र सुरु भएसँगै मन्दिरमा भक्तजनको घुइँचो लाग्न थालेको हो । नवरात्र सुरु भएयता करिब पाँच हजार बढी तीर्थयात्री पाथीभरा आएका छन् । यो वर्षदेखि पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या यकिन गर्नका लागि व्यक्ति गणना (फेस काउण्ट) गर्ने सिसी क्यामेरा जडान गरिएको छ । नवरात्रका समयमा पूजापाठ गर्न उत्तम हुने र मौसमसमेत खुलेकाले भक्तजनको आगमन बढेको बताइएको छ ।
अन्य दिनको तुलनामा शनिबार र मङ्गलबार भने पाथीभरामा भक्तजनको चाप निकै बढ्ने गरेको छ । अघिल्ला वर्षहरुमा दसैँको समयमा पर्ने शनिबार र मङ्गलबारका दिन एकै दिनमा दश हजार भक्तजन पुगेको तथ्याङ्क छन् । वार्षिक लाखौँको सङ्ख्यामा स्वदेशी तथा विदेशी तीर्थयात्री यस मन्दिरमा आउने गरेका छन् ।
भक्तजनको आगमन बढेसँगै पाथीभरा क्षेत्रमा सुरक्षा, सहज यातायात, खाने बस्ने जस्ता प्रबन्धलाई व्यवसायीलगायत सम्बन्धित पक्षसँग छलफल गरी थप व्यवस्थित गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताउनुभयो ।
तीर्थयात्रीको चाप बढ्दै गएपछि सहजरुपमा पूजापाठका लागि जनशक्ति खटाएर आवश्यक प्रबन्ध मिलाइएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
केन्द्रीय कानुन पुस्तकालय खारेज नगर्न बारको आग्रह
प्रतिक्रिया