महाकाली किनारमा बिचभलिबल प्रतियोगिता
काठमाडौँ।कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ स्थित महाकाली नदीको तटीय क्षेत्रमा ‘बिचभलिबल’ प्रतियोगिता सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख देवराज जोशीले प्रतियोगिताको शुभारम्भ गर्नुहुँदै खेलकुद प्रतियोगिताले पर्यटन विकासमा टेवा पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो ,“खेलकुद राष्ट्र र स्वास्थ्यका लागि मात्रै नभइ पर्यटनमा समेत टेवा पुर्याउँछ । यस्ता प्रतियोगिता भइराख्नुपर्छ ।”
कञ्चनपुर जिल्ला भलिबल सङ्घ र नेपाली सेनाद्वारा संयुक्तरूपमा आयोजित सो प्रतियोगिता अगामी कात्तिक १ गतेसम्म जारी रहनेछ । प्रतियोगिताका ३२ टिमको सहभागिता रहेको छ । खुला तथा भेट्रानबीच पुरुष भलिबल प्रतियोगिता अन्तर्गत खुलातर्फ २३ टिमको र भेट्रानतर्फ नौ टिमको सहभागिता छ ।
खुलातर्फ प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु एक लाख, ५० हजार र २५ हजार तथा भेट्रानतर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः रु २५, १५ र १० हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् । शुभारम्भका अवसरमा श्री नम्बर २५ बाहिन अड्डा भगतपुर ब्यारेकका बाहिनीपति मनोज थापा र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीलगायतको सहभागिता रहेको थियो ।
टिम इन्डियाको दौडमा वैभव सूर्यवंशीले शुभमन गिललाई किन ओझेलमा पारिरहेका छन्?
जोगिएन अग्रता, पहिलो हाफमा नेपाल–बंगलादेश बराबरी अवस्थामा
गीताको गोलमा नेपाललाई जित
अमेरिकामाथि नेपाल ‘ए’ को रोमाञ्चक जित
प्रिमियर लिगमा युनाइटेड र सन्डरल्यान्डको गोलरहित बराबरी
एक करोडमा वडा कार्यालय भवन निर्माण
सरकारले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राख्दै नेपाललाई दक्षिण एशियाको हब बनाउ…
प्रतिक्रिया