विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिन माग
काठमाडौँ।मानवअधिकार तथा शान्ति समाजले विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय दिनुपर्ने माग गरेको छ ।
विस्तृत शान्ति सम्झौताको मर्मअनुरुप पीडितलाई न्याय र पीडकलाई सजाय सुनिश्चित गर्नुपर्ने, सङ्क्रमणकालीन न्याय प्रक्रियासम्बन्धी संसद्मा प्रस्तुत संशोधन विधेयक मानव अधिकारमैत्री बनाउनुपर्ने, फागुन १ गते ‘जनयुद्ध दिवस’ का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर्नुपर्ने, कैद सजाय माफी गर्नसक्ने अधिकारको दुरुपयोग बन्द गर्नुपर्ने लगायतका माग गर्दै समाजले आज विरोध प्रदर्शनसमेत गरेको छ ।
समाजले आज प्रधानमन्त्री कार्यालय सिंहदरबार दक्षिण मूल ढोका अगाडि विरोध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा सहभागीहरुले पीडकलाई आममाफी दिने नियतले भइरहेको चलखेल बन्द गर, हिंसा र अपराधीकरणलाई बढावा दिने काम बन्द गर, महँगीले ढाड भाँच्यो, नागरिकलाई राहत खोइ रु, हत्यालगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुनसक्दैन, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको आर्थिक चलखेलबारे छानविन गर, ललिता निवास जग्गा घोटालामा अदालतको आदेशअनुरुप छानविन किन नगरेको रु, सुन काण्डका नाइकेलाई कारबाही खोइ रु लेखिएका प्लेकार्ड बोकेका थिए ।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया