अप्ठ्यारो समयमा कांग्रेसले निकास दिन्छ : उपप्रधानमन्त्री खड्का
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले अप्ठ्यारो समयमा कांग्रेसले निकास दिँदैआएको बताउनुभएको छ ।
यसका लागि इतिहास साँची रहेको उहाँको भनाइ थियो । नेपाली कांग्रेस जाजरकोटको जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै उपप्रधानमन्त्री खड्काले देश आर्थिकरुपमा समस्यामा रहेको बताउनुभयो । विश्वको अन्य मुलुकमा द्वन्द्व हुँदा त्यसको असर नेपालको अर्थतन्त्रमा पर्ने गरेको उहाँको भनाइ थियो । धर्म, जातजाति तथा विभिन्न बहानामा संविधानमाथि हमला हुन थालेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले यसको प्रतिवाद गर्नुपर्ने बताउनुभयो ।
ऋण लिएर विकास निर्माणका काम गर्नुपरेको उल्लेख गर्दै उपप्रधानमन्त्री खड्काले सबै पक्ष सकारात्मक रुपमा लाग्नुपर्नेमा जोड दिनुभयो । नेतृत्व ठिक भए मात्र कांग्रेस बन्ने भन्दै उहाँले यसका लागि नेता तथा जनप्रतिनिधि सच्चिनुपर्ने बताउनुभयो । समयअनुसार पार्टी रुपान्तरण भएर अगाडि बढ्नुपर्ने उपप्रधानमन्त्री खड्काको भनाइ थियो ।
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
दिगो आर्थिक विकासका लागि निजी क्षेत्र र रोजगार सेवा केन्द्र बीचको सहकार्य अपरि…
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेटवार्ता
प्रतिक्रिया