पुस्तक लोकार्पण

 तीन साहित्यकारद्वारा लिखित तीन पुस्तक लोकार्पण भएको छ । लेखक जीतेन्द्र रसिदको ‘सत्यको खोज’, आर. मानन्धरको ‘कवि–कविताको छवि दुर्गालाल श्रेष्ठ’, कमलप्रसाद मल्लको ‘क्लासिकल नेवार लिट्रेचर’ नामक कृतिआज एकसाथ  लोकार्पण गरिएको हो । 

    एजुकेसन बुक्स हाउसद्वारा आयोजित ‘पुस्तक लोकार्पण कार्यक्रममा’ जनकवि साहित्यकार दुर्गालाल श्रेष्ठले ‘सत्यको खोज’,‘कवि–कविताको छवि दुर्गालाल श्रेष्ठ’ नामक पुस्तक लोकार्पण गर्नुभएको थियोे भने क्लासिकल नेवार लिट्ररेचर साहित्यकार अभि सुवेदीले लोकार्पण गर्नुभएको थियो ।

    कार्यक्रममा ‘सत्यको खोज’का लेखक जीतेन्द्र रसिकले वाङ्गमय शताब्दी पुरुष सत्यमोहन जोशीको दस्तावेजलाई कृतिबाट बाहिर ल्याउने कोशिस गरिएको बताउनुभयो । बाल्यकाल, शैक्षिक यात्रा, लोकसाहित्यको पुनःस्थापनामा पु¥याएको योगदानलगायतका यावत विषयवस्तुलाई समेटी जीवनीका रुपमा पुस्तक तयार पारेकोउहाँले बताउनुभयो ।

    समीक्षक गोपीकृष्ण ढुङ्गानाले लेखक रसिकको ‘सत्यको खोजी’ माथि प्रकाश पार्दै सत्यमोहन जोशीका विभिन्न आयामलाई समेटी गरिएका अन्तरवार्तालाई लेखकले कृतिमा प्रस्तुत गरेको बताउनुभयो । जिउँदो इतिहासलाई लेखकले लिपिबद्ध गरेको उहाँको भनाइ छ ।

    ‘कवि–कविताको छवि दुर्गालाल श्रेष्ठ’माथि समीक्षा गर्दै सूर्यश किरणले नेपालमा सुरु भएको भाषिक आन्दोलन, जनजाति आन्दोलनमा, तत्कालीन काठमाडौँको इतिहासलगायतका विषयवस्तु लेखकले कृतिमा समावेश गरेको बताउनुभयो । नेपाल भाषा, साहित्यको किंवदन्तीका रुपमा रहेका श्रेष्ठले नेपाली साहित्यमा गरेको क्रान्तिको भाव पुस्तकमा झल्किएको उहाँको भनाइ छ ।

    ‘क्लासिकल नेवार लिट्रेचर’ लेखकका दाजु मल्ल के सुन्दरले नेपाल भाषा अध्ययन, अनुसन्धान गर्न पुस्तक महत्वपूर्ण स्रोतका रुपमा रहेको बताउनुभयो । नेपाल भाषाको प्राचीन ढुकुटीका रुपमा रहेको पुस्तक सङ्ग्रह बन्न योग्य, पठनयोग्य रहेको उहाँको जिकिर छ । समीक्षक अभि सुवेदीले प्राचीन नेपाल साहित्यको महत्वपूर्ण विषय कृतिमा रहेको बताउनुभयो । 

    आर. मानन्धरद्वारा लिखित‘कवि–कविताको छवि दुर्गालाल श्रेष्ठ’श्रेष्ठको जीवनीलाई समेटी शोध गरिएको र त्यसैको बृहत् रुप कृतिका रुपमा प्रकाशित गरिएको बताउनुभयो । कृतिको प्रयोजन श्रेष्ठको जीवनीबाट पाठ सिकौँ भन्ने रहेको उहाँको भनाइ छ । 

    कार्यक्रममा प्राध्यापक अमुदा श्रेष्ठले तीन पुस्तकको लोकार्पणले साहित्य, नेपाल भाषाको संरक्षण र प्रवद्र्धन गर्नमा महत्वपूर्ण योगदान पु¥याउने बताउनुभयो ।