थप दुई जना कोरोना संक्रमितको मृत्यु

मोरङ-  कोरोना संक्रमणबाट थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

बूढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको कोशी अस्पतालमा उपचारका क्रममा मंगलबार मृत्यु भएको हो ।
यसैगरी सुन्दरहरैँचा नगरपालिका–३ का ४३ वर्षीय पुरुषको बूढीगंगास्थित विराट शिक्षण अस्पतालको आइसोलेसनमा उपचारका क्रममा आज विहान मृत्यु भएको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । उनलाई श्वासप्रश्वासमा समस्या बढदै गएशी बेहोस अवस्थामा पुरुषलाई उपचारका लागि असोज २४ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोही दिन पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको थियो ।