२४ घण्टामा थप ३०६ जनामा कोरोना संक्रमण पुष्टि, ६ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट २९१ र एन्टिजेन परीक्षणबाट १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन् ।

अहिले देशभर ७२१५ जना सक्रिय संक्रमित रहेका छन् ।