पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३७७ जना कोभिड संक्रमित थपिएका छन् ।

९ हजार १४९ वटा नमुनाको परीक्षण गर्दा ३७७ जनामा संक्रमण पुष्टि भएको हो ।यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने १७० जना निको भएका छन् ।

योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ४८२ पुगेको छ भने ७ लाख ९८ हजार ७१४ जना संक्रमणमुक्त भएका छन् ।