नेपालमा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण, ४ जनाको मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

७ हजार ५ सय ९० जनाको पीसीआर परीक्षण गर्दा ३०५ जना र २ हजार ३ सय ३० जनाको एन्टिजेन परीक्षण गर्दा २७जना गरी ३३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार भक्तपुरमा ११, ललितपुरमा २६ र काठमाडौंमा १४४ गरी उपत्यकामा १८१ जना कोभिड संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन् । १ लाख ४७ हजारले कोभिडविरुद्धको खोप लगाएका छन् । आजसम्म मुलुकमा ७ हजार ३६९ जना सक्रिय संक्रमित छन् ।