सुदूरपश्चिममा थप पाँच जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिम प्रदेशमा शनिबार थप पाँच जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट ३९७ को नमूना परीक्षण गर्दा पाँच जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

एन्टीजेनमार्फत बैतडीका चार र कैलालीका एक जनामा सङ्क्रमण देखिएको हो । यस्तै पछिल्लो २४ घण्टामा प्रदेशभर तीन जनाले कोरोना जितेका छन् । उक्त अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण एक जनाको पनि मृत्यु भएको छैन ।

यसअघि शुक्रबार यस प्रदेशमा १२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि हुँदा चार जना निको भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ जनाको ज्यान गइसकेको छ ।