प्रदेश १ मा दश हजार बढी कोरोना संक्रमित

काठमाडौं - कोभिड १९ महामारी रुपमा फैलिएका कारान पछिल्लो समय देखी प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । हिजो (आइतबार) संक्रमितको संख्या १० हजार नाघेको हो ।

कोरोना संक्रमण थपिदै सँगै मृतकको संख्या पनि एक सय नाघेको छ । कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । कोरोना संक्रमणका कारण आइतबार मात्रै सातजनाको मृत्यु भएको थियो । सोमबार बिहान थप एक जनाको मृत्यु भएको छ ।

मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८८ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा। सरोज विसालले जानकारी दिए ।

प्रदेश १ को मोरङका ४५, सुनसरीका ३०, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरका १–१ जनाको मृत्यु भएको हो । संक्रमित मध्ये डिस्चार्ज हुनेको संख्या ४ हजार ८सय १२ पुगेको छ । प्रदेश १ मा १ लाख ३७ हजार ५ सय १७ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।