भरतपुर अस्पतालमा थप एक जना संक्रमित महिलाको मृत्यु

चितवन - चितवन भरतपुर अस्पतालमा कोरोना संक्रमित वेवारिसे महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीया महिलाको चितवन भरतपुर अस्पतालमा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको उक्त अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । ती महिलाको असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भर्ना भएकी उनमा आसोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाई स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो ।