बुटवल कोरोना विशेष अस्पतालमा उपचारको क्रममा थप एकजना कोरोना संक्रमितको मृत्यु

रुपन्देही - बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

बुटवल–१६ का ४७ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा उपचारको क्रममा आज बुधबार मृत्यु भएको छ ।

ती पुरुषको बुधबार दिउँसो १ बजे अस्पताल भर्ना भएको आज साँझ साढे ५ बजे मृत्यु भएको उक्त अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए । गौतमका अनुसार असोज १५ गते कोरोना संक्रमण पुष्टि भए सँगै उनी ६ दिनसम्म होम आइसोलेसनमै बसेका थिए । ती पुरुषलाई भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो ।