उपचारका क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु

बुटवल -  रुपन्देहीमा थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिका–७ रामापुरका ६० वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बिहीबार राति मृत्यु भएको हो । कोरोना संक्रमण पुष्टि भएपछि असोज १३ गते अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बिहीबार राति ११ः५० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।