आफ्नै कोठामा मृतावस्थामा महिलामा कोरोना पुष्टि

वीरेन्द्रनगर - एक महिला आफ्नै कोठामा मृतावस्थामा भेटिएकी महिलामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । 

वीरेन्द्रनगर नगरपालिका- ११ पिपिरामा कोठा भाडामा बस्दै आएकी ३५ वर्षीय महिला १३ गते साँझ मृत भेटिएकी थिइन् ।
ती महिलाको घर भेरीगंगा नगरपालिका वडानम्बर ११ का हुन ।

१४ गते (बुधबार) कर्णाली प्रदेश अस्पतालरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।