पछिल्लो समय पायल्सको समस्या बढ्दै ,घरेलु विधी के छ ?

काठमाडाैँ।पछिल्लो समय पायल्सको समस्या बढ्दै गएको छ। मलद्वारको समस्या भएकाले धेरैले यो समस्या लुकाउने गरेका छन्।

मलद्धार भित्रको नशाहरु फुलिएर एवं बाँगोटिङगो भएर दिशा बस्दा मलद्धारबाट मासु बढने समस्यालाई पाइल्स भनिन्छ । पायल्स रोग धेरै मानिसहरूको समस्या भएको छ। लोकलाजका कारण धेरै मानिसहरूले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् ।

पायल्स दुई प्रकारका हुन्छन्, एक हाम्रो शरीरको (मलद्वारको) भित्री भागमा हुन्छ, जसलाई आन्तरिक (इन्टरनल) पायल्स भनिन्छ । अर्को मलद्वारको बाहिरी भागमा, मलद्वारको छालामुनि रहेको हुन्छ यसलाई बाहिरी (एक्स्टर्नल) पायल्स भनिन्छ ।

यसको लक्षण

–दिसामा रगत आउने,
–मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने चिलाउने,
–पायल्स रोगीमध्ये कसैको पीप बग्छ, भने कसैको अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो पनि हुने,
–पायल्स हुदा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन,

–पायल्स हुनुको कारणहरु

–कब्जियत

पायल्स रोगको मुल कारण भनेको कब्जियत नै हो ।

जब कब्जियत हुन्छ, दिसा गर्दा बल पर्छ । त्यहिँ बलको कारणले मलद्वार भित्रका रक्तशिरालाई तन्काईदिन्छ । यो क्रमस फैलन थाल्छ र गिर्खा बन्न थाल्छ ।

त्यसैले यसबाट बच्नका लागि कब्जियतको समस्या आउनु दिनु हुँदैन ।

–जीवनशैली

पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो ।

पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा खानाले पायल्स हुन्छ ।

– वंशानुगत

परिवारमा कसैलाई समस्या छ भने आउने पिँढीलाई पनि यो हुने सम्भावना हुन्छ ।

–बसेर गर्नुपर्ने काम

धेरै बेरसम्म बसिरहनुपर्ने कामले पनि पायल्सको समस्या हुनसक्छ ।

–गर्भावस्था

गर्भावस्थाको क्रममा पाचन समस्या हुने गर्दछ । यसले गर्दा थुप्रै महिलालाई पायल्सको समस्या हुने गर्दछ ।

पायल्स रोगीले कस्तो खालको खानेकुरा उपभोग गर्ने?

–पानी प्रशस्त मात्रामा पिउने,
–हरियो सागपातहरु काँचै खाने,
–फलफुल खाने,
–रोटी,,जौ,ब्राउन राइस खाने,
–मुगको दाल खाने,
–खानासंग मुला, काँक्रो,गाँजर, नरिबल, अनार,स्याउ खाने,
–मुगको दाल खाने

प्राकृतिक विधी के छ ?

– नियमित रुपमा शौच क्रिया गर्ने बानी बसाल्नु पर्छ । दिसा गर्दा बल गर्नु हुँदैन ।
– यसबाट छुटकारा पाउनका लागि उपवास राम्रो विधी हो । सातामा कम्तिमा एक दिन उपवास बस्नु पर्छ ।
– रक्तश्राव भएको छ भने मलद्वारमा बरफले मालिस गर्दा ठीक हुन्छ ।
– रक्तश्राव नभएको अवस्थामा भने तातो पानीमा मलद्वार डुबाएर बस्नुपर्छ । सहन सक्ने तातो पानीमा १५, २० मिनेट जति बस्नुपर्छ ।
– दिसा गरिसकेपछि राम्ररी धोई तातोपानीले सेक्ने गर्नुपर्छ ।
– मिठो मसिनो भन्दा खस्रो-मोटो खानेकुरा सेवन गरौं । रेसा र चोकरयुक्त खाद्यपदार्थ उपयोगी हुन्छ ।

घरेलु विधी के छ ?

पायल्सको समस्या घरेलु विधीबाट पनि हटाउन सकिन्छ । यसका लागि खानपानमा विशेष सतर्कता अपनाउनु पर्ने हुन्छ । पायल्समा के खाने, के नखाने भन्ने कुराले ठूलो अर्थ राख्छ । जथाभावी खाने, जस्तोसुकै खाने बानीले पायल्सको संभावना बढाउँछ ।

गलत खानपान, पुग्दो पानी नपिउने जस्ता बानीले कब्जियत हुन्छ । यस्तो अवस्थामा दिसा गर्दा बल गर्नुपर्ने हुन्छ । पछि त्यसैले पायल्सको संभावना बढाउँछ ।

– पायल्सको रोगीले कब्जियत हुन नदिन फाइबरयुक्त, झोलिलो खानेकुरा खानुपर्छ ।
– तारेको, भुटेको, मसलेदार खानेकुराले समस्या निम्त्याउँछ ।
– पायल्स रोगीको लागि मुलाको रस निकै उपयोगी हुन्छ ।
– कागती पानीको सेवनले पायल्समा राहात दिन्छ ।
– पायल्सको कारण मलद्वारमा दुख्ने, पोल्ने हुन्छ । उक्त ठाउँमा हल्कासँगले घिउकुमारीको गुदी लगाउनु पर्छ । यसले दुखाई कम गर्नका साथै औषधीको पनि काम गर्छ ।
– बदामको तेल पनि पायल्समा निकै उपयोगी हुन्छ । एक दिनमा तीन चार पटक मलद्वारमा वदामको शुद्ध तेल लगाउनुपर्छ ।