गायिका मेनुका पौडेलको आँखामा शल्यक्रिया , चस्मा नलगाई हिँडडुल गर्ने सक्नुहुने
गायिका मेनुका पौडलको आँखाको शल्यक्रिया गरिएको छ।
काठमाडौँको तिलगंगा आँखा प्रतिष्ठानमा आइतबार गायिका पौडेलको आँखाको शल्यक्रिया गरिएको हो। गायिका पौडेलको आँखामा ‘कस्मेटिक प्रोथेस्टिक’ भनिने कृत्रिम आँखा राखिएको तिलगंगा आँखा अस्पतालका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले जानकारी दिए।
डा. रुइतका अनुसार यो शल्यव्रिmयापछि गायिका पौडेल चस्मा नलगाई हिँडडुल गर्न भने सक्नेछिन् । शल्यक्रिया गरिएको आँखा पूर्ण रूपमा निको हुन झण्डै हप्ता लाग्ने चिकित्सकले बताएका छन्।
इन्डियन आइडलको सिजन १४ मा गायिका पौडेलले आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी थिइन्। उक्त चस्मा लगाएपछि मेनुकाले एक्लै हिँडडुल गर्नेदेखि पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्नसम्म सक्न थालेकी थिइन्। अब उनले उक्त चस्मासमेत नलगाई हिँडडुल गर्नेदेखि पढ्नसमेत सक्ने चिकित्सकले बताएका छन्।
प्रतिक्रिया