सप्तारीका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु

सप्तारी - सप्तारीका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

राजविराज नगरपालिका–३ हटियाका ६३ वर्षीय पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत क्रमा गएराति मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा कठिनाइ भएपछि मोरङको विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना भएका उनलाई स्वास्थ्य अवस्था जटिल भएपछि धरान भर्ना गरिएको थियो । धरानमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएपछि उनीलाई प्रतिष्ठानको कोभिड अस्पतालमा सारिएको थियो । ·