बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत थप एक जना कोरोना संक्रमित मृत्यु
बुटवल - थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका -८ का ७२ वर्षीय वृद्धको बुटवलको कोरोना विशेष अस्पतालमा उपचारत क्रममा आज (शुक्रबार) दिउँसो ४ बजे मृत्यु भएको उक्त अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए।
उनलाई बिहीबार स्वाब संकलन गरिएकोमा शुक्रबार बिहान संक्रमण पुष्टि भएसँगै शुक्रबार बिहान उनी अस्पतालमा भर्ना भएका थिए ।
प्रतिक्रिया