नेपालगञ्ज मेडिकल कलेजमा कोरोना सङ्क्रमणबाट थप एक जना मृत्यु

बाँकेमा थप एक जना कोरोना संक्रतिको पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ एक्लैनी निवासी ५२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण

अस्पतालमा रहेको कोभिड आइसोलेसनमा भर्ना भएका आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए । मृत्यक पुरुषलाई स्वासप्रस्वासमा समस्या भएपछि असोज ६ गते अस्पताल भर्ना गरिएको थियो ।

यसअघि नै कोरोनाको लक्षण आशङ्कामा ६ गते स्वाब लिएर परीक्षण गर्दा अपराह्न ४ बजे रिपोर्ट पोजेटिभ आएको थियो ।

उनलाई दुवैतिरको फोक्सोमा निमोनिया र उच्च रक्तचापको समस्या देखिएको आज उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोना स्रोत व्यक्ति श्रेष्ठले बताए ।