बुटवल अस्पतालमा उपचाररत दुई जना संक्रमतिको मृत्यु

काठमाडौं - बुटवल अस्पतालमा उपचारत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
रुपन्देही बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना संक्रमतिको मृत्यु भएको उक्त अस्पताल स्रोतले जनाएको छ ।

नवलपरासी रामग्राम नगरपालिका– ३ निवासी ४९ वर्षीय पुरुषको बुटवल कोरोना विशेष अस्पतालमा आज बिहान मृत्यु भएको हो ।

गत भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या रहेको थियो ।

साथै, कपिलवस्तु बुद्धभूमि नगरपालिका– ६ निवासी ५० वर्षीय पुरुषको पनि आज विहानै मृत्यु भएको उक्त अस्पतालले जनाएको छ ।
असोज १ गते अस्पतालमा उपचारको लागि भर्ना भएका ती मृतकमा मधुमेहको समस्या रहेको थिए ।