कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं - पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा थप ५५ जनामा कोरोना संकंमण पुष्टि भएको छ ।

दैलेख अस्पताल र चौरजहारी अस्पलात रुकुममा गरिएको परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये सुर्खेतका मात्रै ४२ जना छन् भने १३ जना कन्ट्यक्ट ट्रेसिङ, पाँचजना शिक्षक, तीनजना वीरेन्द्रनगर नगरपालिकाका कर्मचारी, दुईजना स्वास्थ्यकर्मी, सशत्र प्रहरी र व्यवसायी एकरएक जना, सुरक्षाकर्मी र विद्यार्थी एकरएक जना रहेको जनाएको छ ।

त्यस्तै, रुकुम पश्चिम्माका १२ जना र दैलेखका एकजनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।
योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार २ सय २८ पुगेको छ,भने कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ७ सय १४ पुगेको छ ।