पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला

काठमाडौं। पछिल्लो २४ घन्टामा ४ जना कोरोना संक्रमित फेला परेका छन्  ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ सय ९५ जनामा नमुना परिक्षण गर्दा ४ जना संक्रमित फेला परेका हुन् ।

यस बिचमा २ जना डिस्चार्ज भएका छन् भने  १२ हजार ७२६ जनाले कोरोना खोप लगाएका छन ।

आज कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन् भने देशभर जम्मा १८ जना कोरोना संक्रिमित रहेको मन्त्रालयले जनाएको छ ।