मोटरसाइकलको चक्कामा सल बेरिँदा युवतीको मृत्यु

महोत्तरीको बर्दिवास जंगलमा शनिबार बिहान करिब मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दिबास नगरपालिका-५ टुटेश्वर जंगलमा आज बिहान करिब नौ बजे  सर्लाहीबाट महोत्तरीको बर्दिबास तर्फ जाँदै गरको प्रदेश २-०३-००७ प ३३६९ नम्बरको मोटरसाइकल दुर्घटनामा परको हो। 

दुर्घटनामा सर्लाहीको बागमती नगरपालिका- ४ कर्मैया निवासी २२ वर्षीया स्मृति कार्की रानाभाटाको मृत्यु भएको छ।

 डीएसपी रेवतीरमण पोखरेलका अनुसार छोरीले मोटरसाइकल चलाएकी र आमा पछाडि बसेकी  थिइन्। पछाडि बसेकी आमाको सल मोटरसाइकलको पछाडीपट्टीको चक्कामा बेरिँदा घटना भएको पोखरेल जनाएका छन्।सल मोटरसाइकलको पछाडिपट्टीको चक्कामा बेरिएर मोटरसाइकल अनियन्त्रित भई सडकमा ढलेपछि आमा-छोरी गम्भीर घाइते भएका उनले बताए।


दुर्घटनामा मृतककि आमा ५० वर्षीया उषा कार्की गम्भीर घाइते भएकी छन्। उनलाई बर्दिबासमा रहेको शुभस्वस्तिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौँ लगिएको छ।