बोलेरोकाे ठक्करबाट एक युवकको मृत्यु

भक्तपुरको सूर्यविनायकमा बोलेरोकाे ठक्करबाट एक युवकको मृत्यु भएको छ। 

सूर्यविनायक नगरपालिका ९ मिलनचोकमा साँगाबाट जगातीतर्फ आँउदै गरेको ना. ५ ख.२३६१ नम्बरको बोलेरोले हिजाे(मंगलबार) र बेलुका ठक्कर दिँदा गोरखाको पालुनटार नगरपालिका-२ घर भइ हाल भक्तपुरकै सूर्यविनायक नगरपालिका-९ नलिन्चोक बस्ने ३८ वर्षका कमल बयलकोटीकाे मृत्यु भएकाे जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। 

बोलेरोकाे ठक्करबाट गम्भीर घाइते भएका बयलकोटीलाई भक्तपुरमै रहेको डा.ईवामुरा अस्पताल लगिएको प्रहरीले जनाएकाे छ।त्यहाँबाट थप उपचारको लागि राति नै उनलाई ललितपुरको सुमेरु अस्पताल लगिएको थियाे। सुमेरु अस्पतालमा उपचारकै क्रममा उनकाे मृत्यु भएकाे  डीएसपी कार्कीले जानकारी दिनेभयाे।

बोलेरो गाडी र त्यसका चालक सर्लाहीको लालबन्दी नगरपालिका-१६ घर भएका २३ वर्षीय सागर माझीलाई पक्राउ गरिएकाे प्रहरीले जानकारी दिएका छन्।