इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङकाे जित लगभग पक्का ,कसले कति मत प्राप्त गरे?

इलाम क्षेत्र नम्बर २ उपनिर्वाचनकाे मतगणना अन्तिम चरणमा पुगेको छ। ४१ हजार ३ सय ८३ मत गणना भइसक्दा नेकपा एमालेका सुहाङ नेम्वाङले १६ हजार ९ सय ४४ मत सहित अग्रता लिएका छन्।

 फाकफोकथुम, चुलाचुली, माङ्सेबुङ, माई लगायत लगभग सबै वडाहरूको मतगणना सकिन थालेकाे मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ। 

नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले भने ११ हजार २ सय ७३ मत प्राप्त गरेका छन्। यससगैँ उनि दाेस्राे स्थानमा रहेका छन्।

त्यसैगरि  स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले ९ हजार ४४ मत र रास्वपा उम्मेदवार मिलन लिम्बूले भने २ हजार ८ सय ३ मत मात्र प्राप्त गरेका छन्।

यसरि हेर्दा नेम्वाङकाे जित लगभग पक्का भएकाे छ भने रास्वपाका उम्मेदवार मिलन लिम्बूले नराम्राे तरिकाले हार व्यहाेरेका छन्।