बझाङ १ मा सिंहकाे अग्रता

बझाङ १ को मतगणनामा कांग्रेस उमेदवार अभिषेकबहादुर सिंहले ६ हजार ६७ मत सहित अग्रता लिएका छन्। 

आइतबार दिउँसो १ बजेबाट जारी मतगणनामा अहिलेसम्म छविसपाथिभेरार थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका सबै र जयपृथ्वी १ ,२ ,३  ४ ५, ६ र ७ सम्मको मतपरिणाम आइसकेको छ। 

जसमा  ६ हजार १२ मत सहित एमालेका दमनबहादुर भण्डारीले उनलाई पछ्याइ रहेका छन्। त्सैगरि माओवादीका जनक बुढाले दुई हजार ७३३ मत प्राप्त गरेका छन् भने नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले १९५८ मत प्राप्त गरेका छन्।

कुल मतदाता ६१ हजार ७ सय ४८ रहेको यस क्षेत्रमा करिब ५० प्रतिशत खसेको निर्वाचन आयोगले जनाएको छ।