इलाम क्षेत्र नम्बर २ मा सुहाङ नेम्वाङ विजयी

बुवासगँ हारेका खड्का छाेरासगँ फराकिलो मतान्तरसहित हारे

इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङ फराकिलो मतान्तरसहित विजयी भएका छन् ।

उनलाई पछ्याइ रहेका पाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई  नेम्वाङले  ५ हजार ८३० मत अन्तरले  पराजित गरेका छन्।गत भदौ २६ गते अकस्मात सुवासको निधन भएपछि गत शनिबार (१५ वैशाख) यहाँ उपनिर्वाचन भएको हो। 

बुवाकाे निधन पछि रिक्त भएको स्थानका लागि सुवासका छोरा सुहाङलाई चुनावी प्रतिस्पर्धामा उतारेको थियो ।

पहिले सुवाससगँ १ सय १४ मतले हारेर बदला लिने सुरुमा रहेका डम्बर सुवासकै सन्तानसगँ ५ हजार ८ सय ३०काे ठूलो मतान्तरले पराजित बन्न पुगेका छन्। 

कांग्रेसले भूगोल बुझेको उम्मेदवार भन्दै पुरानै उम्मेदवार खड्कालाई मैदानमा उतारेर पुरानो मत संरक्षण हुने आकलन गरेको थियो। तर उसको यो प्रयास सफल भएन।

२१ हजार ९४२ मत पाएका कांग्रेस उम्मेदवार खड्काले नेम्वाङबाटफेरि हार व्यहाेर्नु परेकाे छ।सुहाङ २७ हजार ७७२ मतसहित विजयी भए ।

त्यसैगरि स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत र स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका मिलन लिम्बुले ५ हजार ५० मत मात्र प्राप्त गरे।