नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

वीरगञ्ज - वीरगञ्जमा बाराका एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१४ डुम्मरवाना बस्ने ५५ वर्षीया महिलाको नारायणी अस्पतालमा उपचारको क्रममा हिजो सोमबार साँझाको समयमा उनको मृत्यु भएको उक्त अस्पताले जानकारी दिए ।

उनलाई मधुमेह र हाइपरटेन्सनको समस्याले ग्रसित थिए ,उनमा कडा कोभिड निमोनिया देखिएको थियो । ती महिलालाई तत्कालै आइसियू कक्षमा राखेर उपचार शुरु गरिएको थियो । जिन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो ।