लुम्बिनी प्रादेशिक अस्पतालमा संक्रमित महिलाको मृत्यु

बुटवल- लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमित महिलाको आज बिहानै मृत्यु भएको छ । 

७७ वर्षीया उनी रुपन्देहीको सैनामैना नगरपालिका-११ सालझण्डीकी हुन् । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई बुधबार अस्पताल ल्याइएको थियो । पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालकै फिबर क्लिनिकको आइसोलेसनमा राखेर उनको उपचार गरिँदै थियो । बिहान साढे ४ बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।