पाल्पामा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु

बुटवल- विश्व्यापी महामारी रुपमा फैलिएको कोरोना भाइरसको कारण थप एक महिलाको आज लुम्बिनी मेडिकल कलेज मृत्यु भएको छ ।
कोरोना संक्रमण पुष्टि भएपछि पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचाररत पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराकी ३० वर्षीया ती महिलाको मृत्यु भएको हो ।

भदौ ५ गते स्वास्थ्यमा समस्या भएपछि मेडिकल कलेजमा जचाउन जाँदा उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परीक्षण गर्दा गत ७ गते कोरोना पुष्टि भएको थियो ।