सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा कोरोना संक्रमित पुरुषको मृत्यु

कैलाली - काभिड १९ महामारीको कारणले पछिलो समय देखि विभिन्न जिल्लामा कोरोना भाइरसको संख्या तिब्रगतिले बढदै गएको छ । र कोरोना संक्रमणबाट दिनका दिन मृत्युको संख्या थपिदै छ ।
आज बुधबार पनि कैलालीमा थप एक जना पुरुषको कोरोना संक्रमितको कारण मृत्यु भएको छ ।

गोदावरी नगरपालिकाका वडा नम्बर ११ का ४५ वर्षीय हुन ती पुरुषको बुधबार बिहान मृत्यु भएको हो ।

सेती प्रादेशिक अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।

उनलाई मंगलबार साँझसम्म धनगढीको निसर्ग अस्पतालको आइसियूमा उपचार गराइरहेका ती पुरुषको कोरोना संक्रमण पुष्टि भएपछि सेती प्रादेशिक अस्पतालमा सारिएको थियो ।

नेपाली सेनाले शव व्यवस्थापनको तयारी गरिरहेको छ ।