वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु
राज्यलाई २ अर्ब कर तिर्न छाडेर ‘ब्लाकमेलिङ’मा इन्टरनेट सेवा प्रदायक कम्पनी, सरकारले के एक्सन लिन्छ ?
नेपालमा मनोपोली कसैको छ भने तीह हुन् इन्टरनेट सेवा प्रदायक कम्पनी। उपभोक्तासँग चर्काे शुल्क असुल्ने तर सेवा भने झुर छ। तर पनि उपभोक्तालाई बाध्यता छ, इन्टरनेट चलाउन।
यी कम्पनी पछिल्लो समय इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) को नाममा संगठित भएर राज्यलाई ब्ल्याकमेलिङ गरिरहेका छन्। उनीहरुले बेलाबेला भन्ने गर्छन्, जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्छ।
https://barnanmedia.com/news/detail/173773/
आफ्ताबको फैसलाले उपेन्द्रलाई डर
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहम्मद आफ्ताब आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुर ठहर गर्दै उक्त साहसिक निर्णय सुनाएको हो ।
यस घटनामा बम विष्फोटका घाइतेलाई इँटा भट्टामा लगेर पोलेको भन्ने अभियोग आलममाथि थियो । सोही मुद्दामा उनका भाइ मोहम्मद महताब आलमका साथै अर्का अभियुक्त शेख सरोज भन्ने शेख सराज र बद्री सहनीले पनि जन्मकैदको सजाय पाएका छन्। सहनी इँटा भट्टाका मुन्सी थिए । इँटाभट्टामै काम गर्ने मुक्ति साहले भने सफाइ पाएका छन् । फरार रहेका ६ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । अभियुक्त फेला परेपछि उनीहरूको मुद्दा पनि ब्युँतिनेछ ।
https://barnanmedia.com/news/detail/173774/
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
कालिका नगरपालिकाले एकल, दलित र विपन्न वर्गका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले निःशुल्क सवारी चालक तालिम सञ्चालन गरेको छ । पालिकाले महिला तथा बालबालिका कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरेको हो ।
त्यस अवसरमा कालिकाका नगर प्रमुख बिनोद रेग्मीले ससवारी चालक (ड्राइभिङ) तालिमले महिलाहरुलाई स्वदेश तथा बिदेशमा जहाँगएपनि व्यावासयीक तथा स्वरोजगार बन्न सहयोग पुग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सीप भएका मानिसलाई कामको दुःख छैन । ”
कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु
कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरुहुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले राससलाई जानकारी दिनुभयो ।
उहाँले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गर्नुभयो । उहाँ अनुसार यसवर्ष परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरु सहभागी हुने भएका छन् ।
वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना
काठमाडौं महानगरपालिकाले वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुपलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ।
गुणस्तरहीन चाउचाउ भेटिएपछि कृषि तथा पशुपक्षी विभागले जरिवाना गराएको हो।
नेपाली सेनाले प्राविधिकतर्फ माग्यो ३१९ सैनिक कर्मचारी (हेर्नुहोस् सूचना)
नेपाली सेनाले प्राविधिक/हवाई/विविध सेवातर्फ पादिक तथा विल्लादार पदका लागि दरखास्त आह्वान गरेको छ।
नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले शुक्रबार सूचना प्रकाशित प्राविधिक तर्फ ३१९ जना सैनिक कर्मचारी मागेको हो।
https://barnanmedia.com/news/detail/173795/
साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढ्यो
नेपाली बजारमा कारोबार साताको अन्तिम दिन आज सुनको मूल्य ह्वात्तै बढेको छ । बिहीबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय पुगेको हो ।
तेजाबी सुनको मूल्य पनि बढेको छ । आज तेजाबी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
https://barnanmedia.com/news/detail/173800/
रेशम चौधरीले दायर गरेको मुद्दामा आज सुनुवाइ हुने
चौधरीले निर्वाचन आयोग र पार्टी अध्यक्ष तथा उनकी श्रीमती रञ्जिता श्रेष्ठविरूद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा सुनुवाइका लागि न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ। यस अगाडि उनको मुद्दामा सुनवाइका लागि गत चैत्र ३० गते र वैशाख ९ गते पेशी तोकिएपनि हेर्न नभ्याइनेमा परेको थियो। उनले टिकापुरमा सम्पन्न पार्टीको महाधिवेशनले आफूलाई अध्यक्ष बनाएको तर निर्वाचन आयोगले अध्यक्ष नस्विकारेको भन्दै मुद्दा दायर गरेका हुन्।
विद्युत् बक्यौता राफसाफ गर्न अर्थमन्त्रीसँग मेयर्स फोरमको अनुरोध
काठमाडौँ उपत्यका मेयर्स फोरमले अर्थमन्त्री वर्षमान पुनसँग चालु आर्थिक वर्षसम्मको विद्युत् बक्यौता राफसाफ गरिदिन अनुरोध गरेको छ । विद्युत् प्राधिकरणले तीन महिनाअघि स्थानीय तहलाई विद्युत् महसुलको बक्यौता तिर्न बिलसहित पत्राचार गरेको थियो । काठमाडौँ उपत्यका मेयर्स फोरमका अध्यक्ष एवं ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन नेतृत्वको टोलीले बिहीबार अर्थमन्त्रालयमा अर्थमन्त्री वर्षमान पुनसँग विद्युत् महसुलको बक्यौता राफसाफ गरिदिन आग्रह गरेको छ ।
अध्यक्ष महर्जनले आगामी आवदेखि स्थानीय तहले आफ्नो विद्युत् महसुल तिर्ने बताउनुभयो । “चालु आवसम्मको राफसाफ होस्, आउने आवदेखि ६०÷४० मा जाऔँ । विद्युत् महसुलबापत उठेको रकममध्ये ६० प्रतिशत स्थानीय तहले र ४० प्रतिशत विद्युत् प्राधिकरणले बेहोर्नुपर्ने व्यवस्था हुनुपछ”, उहाँले भन्नुभयो ।
कोका–कोला ब्रान्डेड प्लास्टिक प्रदूषणको विश्वको सबैभन्दा ठूलो उत्पादक
विश्वव्यापी रूपमा वातावरणमा पाइने ब्रान्डेड प्लास्टिक प्रदूषणमध्ये आधाभन्दा बढी ५६ कम्पनीबाट आएको अन्तर्राष्ट्रिय अनुसन्धानले देखाएको छ ।
बिहीबार प्रकाशित एक अध्ययनमा अस्ट्रेलियाको राष्ट्रिय विज्ञान एजेन्सी राष्ट्रमण्डल वैज्ञानिक र औद्योगिक अनुसन्धान सङ्गठन (सीएसआइआरओ) लगायत १२ अन्तर्राष्ट्रिय संस्थाहरूले प्लास्टिक प्रदूषणका लागि जिम्मेवारीको पहिलो मापन प्रदान गरेका छन् ।
अर्थमन्त्री पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई सम्झौतामा हस्ताक्षर
अर्थमन्त्री वर्षमान पुनको उपस्थितिमा नेपाल र चीनबीच दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा आज आयोजित एक समारोहबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेल तथा चीनका तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग संस्था (चाइना इन्टरनेशनल डेभलेपमेन्ट को–अपरेशन एजेन्सी) का प्रमुख लियु झाओ हुईले हस्ताक्षर गर्नुभयो ।
उक्त संस्थाले चीनको वैदेशिक सहायताको रणनीति मापदण्ड बनाउने, सोसम्बन्धी नीति र योजना बनाउने तथा वैदेशिक सहायतासम्बन्धी सुधारका एजेण्डामा काम गर्दै आएको छ । अर्थ मन्त्रालयसँग विश्वव्यापी विकास प्रयासका लागि मानव संशोधन विकास सहयोगसम्बन्धी र स्वास्थ्य मन्त्रालयसँग बोनम्यारो प्रत्यारोपणसम्बन्धी सम्झौता भएको हो ।
आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने
सरकारले यही वैशाख १६ गते (आइतबार)देखि सात जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको छ । हात्तीपाइले रोगको जोखिम रहेका झापा, धनुषा, सर्लाही, रौतहट, रसुवा र कपिलवस्तु जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि सबैलाई खुवाउने गरी आम औषधि सेवन अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिनुभयो । यसअघि ती सात जिल्लामा आम औषधि सेवन अभियान सञ्चालन गरिए पनि सफल नभएपछि पुनः अभियान सञ्चालन गर्न थालेको हो । अभियान दुई हप्तासम्म सञ्चालन हुनेछ । अभियानमा यसपटक करिब ६ हजार स्वास्थ्यकर्मी र पाँच हजार आठ सय महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरिने छन् ।
निर्देशक डा मरासिनीका अनुसार सात जिल्लाका एक सय एक स्थानीय तहका ५० लाख ७८ हजार जनालाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन थालिएको हो । दुई वर्षभन्दा बढी उमेरका सबैलाई औषधि खुवाइने उहाँले बताउनुभयो । गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्ति, पहिले आम औषधि सेवन गर्दा गम्भीर समस्या देखिएका व्यक्ति तथा सिकिस्त बिरामीले सो औषधि खान नहुने निर्देशक डा मरासिनीले बताउनुभयो । हात्तीपाइलेविरुद्धको आम औषधि सेवन कार्यक्रम सफल भएको उहाँको भनाइ छ ।
सरकारी जग्गा व्यक्तिको नाममा गर्नेको अमिनविरुद्ध आरोपपत्र दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय सोलुखुम्बुका तत्कालीन अमिन टंकप्रसाद निरौलाले सरकारी जग्गा व्यक्तिको नाममा गरेर भ्रष्टाचार गरेको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार अमिन निरौलाले जुभिङ्ग गाविस वडा नम्बर ५ को कित्ता नम्बर ५७९,५८१ र १५२ बाट कित्ताकाट गरी कित्तानम्बर ६२०,६२२ र ६२४ को जग्गा बदनियतपुर्वक बुद्धमाया थापा मगरको नाममा गैरकानुनी रजिस्टार गराएर भ्रष्टाचार गरेका हुन् । निरौलाविरुद्ध अख्तियारले ६ लाख १८ हजार बिगो असुल उपरको माग दाबीसहित सरकारी जग्गा सरकारकै नाममा फिर्ता गर्न भनेको छ ।
सहकारी संचालकहरुको सम्पत्ति आफन्तको नाममा राखेको सम्पत्ति गरेर बचत फिर्ता गर्ने गृहमन्त्री लामिछानेकाे प्रतिवद्धता
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी संंचालकहरुले आफन्तको नाममा राखेको सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन् ।
शुक्रबार सरकारले फास्ट ट्रयाकबाट सहकारीका समस्या समाधान गर्ने भएपछि सहकारी पीडितले गृहमन्त्री रवि लामिछानेलाई धन्यवाद दिन आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले साना बचतकर्तालाई प्राथमिकतामा राखेर सम्पत्ति रोक्का गर्ने, तत्काल बनाउने र सम्पत्ति विक्री गरेर बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका हुन् ।
रेशमले पत्नी रञ्जितालाई विपक्षी बनाएको मुद्दामा सर्वोच्चले दियो झिकाउन आदेश
नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ ।
रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।
प्रतिक्रिया