त्रिशूली नदीमा खसेको ट्याक्सी अपडेट :एक जनाकाे शव भेटियाे , अन्य ४ जना खाेजिमा गोताखोर टोली परिचालन

काठमाडौँ । काठमाडौँबाट गोरखा जाँदै गरेको ट्याक्सी कुरिनटारबाट त्रिशूली नदीमा खसेको छ । शनिबार बिहान ५ जना सवार बा२ज ४१ नम्बरको ट्याक्सी त्रिशूली नदीमा खसेको हो ।

इलाका प्रहरी कार्यालय मुग्लिङले दिएको जानकारी अनुसार ट्याक्सीमा पाँच जना सवार थिए । एक जनाका शव भेटिएको छ भने ट्याक्सीमा सवार अन्य ४ जना बेपत्ता रहेको प्रहरीको भनाइ छ । मृतक पुरुष हुन् । उनको परिचय खुल्न सकेको छैन ।

बेपत्ताको खोजीको लागि गोताखोर टोली परिचालन गरिएको छ । उनीहरु काठमाडौंमा आफन्तको दाहसंस्कार गोरखा फर्किँदै गरेको बताइन्छ ।