भारतको उत्तराखण्डको ४० मजदुर ७६ घण्टादेखि सुरुङ भित्र फसे

भारतको उत्तराखण्डको उत्तरकाशीमा ४० जना मजदुर ७६ घण्टादेखि सुरुङ भित्र फसेका छन् । गत नोभेम्बर १२ मा बिहान ४ बजे निर्माणाधीन सुरुङ खसेको थियो । चारधाम आयोजना अन्तर्गत ब्रह्मखाल र यमुनोत्री राष्ट्रिय राजमार्गको सिल्क्यरा र डण्डालगाउँको बीचमा यो सुरुङ निर्माण भइरहेको छ । सबै कामदार सकुशल छन् ।

 उनीहरुलाई पाइपबाटै अक्सिजन, खाना, पानी र औषधि आपूर्ति भइरहेको छ ।

अलपत्र परेका मजदुरहरू बिहार, झारखण्ड, उत्तर प्रदेश, पश्चिम बंगाल, ओडिशा, उत्तराखण्ड र हिमाचल प्रदेशका हुन्। राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेड NDRF, SDRF, ITBP, BRO र राष्ट्रिय राजमार्गका २०० भन्दा बढी व्यक्तिको टोली २४सै घण्टा काम गरिरहेका छन्।

उद्धार टोलीले मंगलबार स्टिल पाइपमार्फत कामदारलाई बाहिर निकाल्ने प्रक्रिया सुरु गरेको थियो । 

यसका लागि औगर ड्रिलिङ मेसिन र हाइड्रोलिक ज्याकको सहयोगमा सुरुङभित्र ३५ इन्च व्यासको स्टिल पाइप हाल्ने प्रयास गरिएको थियो । 

तर, सफल हुन सकेन ।उद्धार कार्यको अनुगमन गरिरहेको पीएमओले त्यसपछि सेनालाई संलग्न गराएको थियो । अब सेनाले आफ्नो हेभी मेसिनबाट ड्रिलिङको काम गर्नेछ । सेनाको कार्गो विमान हर्कुलस दिउँसो मेसिनसहित चिन्यालीसौर हेलिप्याडमा अवतरण गर्नेछ । यहाँबाट मेसिनलाई सिल्कारामा ल्याइनेछ ।