समुदायस्तरमा परीक्षणको दायरा बढाउन उपत्यकाका मेयरहरुको माग

काठमाडौं । बैशाख २६, आईतवार, काठमाडौं उपत्यकाका मेयरहरुले कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायरा बढाउन सरकारसँग माग गरेका छन् ।

निषेधाज्ञा अवधिमा पनि कोरोना भाइरसको संक्रमण तीब्र रुपमा फैलिरहेको भन्दै उपत्यका नगरपालिका फोरमले परीक्षणको दायरा बढाउन माग गरेको हो । फोरमले निषेधाज्ञालाई कडाईका साथ पालना गर्ने र गराउने निर्णय गरेको छ ।

‘सरकारले जारी गरेको निषेधाज्ञामा पनि संक्रमण बढिरहेको छ, त्यसैले यसको रोकथाम र नियन्त्रणका लागि सबै नगरबासीहरुलाई निषेधाज्ञाको पालना गर्न आग्रह गरेका छौँ,’ फोरमका सचिव एवम् मध्यपुरथिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले भने । बैठकले संक्रमितको उपचारमा अक्सिजन अभाव देखिएकाले तत्काल सहज आपुर्तिकालागि व्यवस्थापन गर्न सरकारलाई अनुरोध गरेको छ ।

हाल काठमाडौं उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३५ हजार नाघेको छ । जसमध्ये काठमाडौंमा २६ हजार चार सय २६, भक्तपुरमा तीन हजार पाँच सय ४० र ललितपुरमा पाँच हजार सात सय १२ जना सक्रिय संक्रमित रहेका छन्