सुदूरपशिचम प्रदेशका क्षेत्रमा रहेका परम्परागत सुनका गहना लोप हुँदै
काठमाडौँ सुदूरपशिचम प्रदेशका पहाडी क्षेत्रमा रहेका परम्परागत गहनाका रुपमा रहेका सुनका गहना लोप हुँदै गएका छन् । नाकमा लगाउने बुलाकी, निधारमा लगाउने सुनका टीका, कानमा लगाउने मडेरी, घाँटीमा लगाउने ढुङ्री, कपालमा लगाउने क्लिपलगायतका पुराना गहना अहिले लोप हुने अवस्थामा पुगेका छन् ।
बुढापाकाले लगाउने पुरानो शैलीका सुनका गरगहना आधुनिकताका कारण अहिले डडेल्धुरालगायतका जिल्लामा लोप हुने अवस्थामा पुगेका हुन् । पुराना सुनका गरगहना बनाउने कामदारको अभाव र नयाँ पुस्ताले आधुनिक डिजाइनका सुनका गहना प्रयोग गर्न थालेसँगै पुराना गहना विस्थापित हुन थालेको पाइन्छ । यस क्षेत्रका बुढापाका महिलाले लगाउने सुनका बुलाकी, नअथी, मडारी, फुली, टीका, ढुङ्ग्री, क्लिपलगायतका सुनका गहना पहिला विवाहमा बेहुलीका लागि अनिवार्य लगाउनुपर्ने चलन थियो ।
सुनका गहना पहिलाको तुलनामा महँगो बन्नुले पनि विपन्न परिवारका महिलाले त्यस्ता गहना प्रयोग गर्न छाडेको सुनचाँदी व्यवसायीको रमेश सुनारले बताउनुभयो । नाकमा बुलाकी लगाउने कहिलेकाहीँ मात्र देख्न सकिने भए पनि अन्य गहना भने लोप हुने अवस्था आएकाले पुरानो सांस्कृति नै लोप हुने अवस्थामा पुगेको सिद्धबाबा सुनचाँदी पसलका सञ्चालका अर्जुन सदाशङ्करको भनाइ छ । सुनचाँदी पसलमा समेत अहिले पुराना मोडलका गहना बन्न छाडेको र पुराना मोडलका गहना बनाउन जान्ने कामदारको समस्या डडेल्धुरा, डोटी, अछाम र बाजुरामा अभाव रहेको डडेल्धुरा सुनचाँदी व्यवसायी सन्दिप सिजापतिले जानकारी दिनुभयो । सुनका गहना बढी प्रयोग हुने विवाहमा समेत आधुनिक गहनाको प्रयोगले गर्दा मौलिकखाले गहना लोप हुने अवस्थामा पुगेको उहाँको भनाइ छ ।
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
प्रतिक्रिया