बैतडीमा युवतीको हत्या, किशोरी घाइते
बैतडीमा आज एक युवतीको हत्या भएको छ । हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ भने अर्की एक किशोरी गम्भीर घाइते अवस्थामा भेटिएकी छिन् ।
पञ्चेश्वर गाउँपालिका वडा नं ४ सौलोडाकी २१ वर्षीया माया लुहारको शव भेटिएको हो । मायाको शव आज दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटिएको आवस्थामा फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो । यस्तै सोही ठाउँकी १५ वर्षीया नेहा लुहार घाँटीको रुद्रघण्टीभन्दा माथि धारिलो हतियार प्रयोग गरेर रेटी गम्भीर घाइते अवस्थामा भेटिएकी छन् ।
घाँटीमा धारिलो हतियार प्रहार भएर रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा नेहा फेला परेको निरीक्षक जोशीले जानकारी दिनुभयो ।
बालेन सरकारको नियुक्तिमा सर्वोच्चको ठूलो हस्तक्षेप, वायु सेवा निगमको सञ्चालक स…
ब्राजिलमा दुई हेलिकप्टर ठोकिँदा भयानक दुर्घटना: अमेरिकी गायक ओलिभर ट्री र यु…
अमेरिका-इरान सहमतिसँगै कच्चा तेलको मूल्य घट्यो
ठेकेदारको ‘खुट्टा भाँचिदिनु’ भन्ने भौतिक पूर्वाधारमन्त्रीको अभिव्यभिक्तप्रति युव…
संसद् भवन निर्माणमा भएको ढिलाइप्रति सभामुखको चेतावनी : ‘अब हरेक दिन एक करोड…
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
परराष्ट्रमन्त्रीद्वारा ‘चाइनिज एकेडेमी अफ साइन्स’को अवलोकन
प्रतिक्रिया