जबरजस्ती करणीको घटनालाई सहमती गराएको अभियोगमा ६ जना पक्राउ
बझाङ - मष्टा गाउँपालिका-२ खिकाला घट्टामा गत साउन २९ गते १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या भएको घटनालाई गाउँघरमै सहमती गराएको अभियोगमा ६ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मष्टा गाउँपालिका-३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका-२ बस्ने ४५ वर्षीय लाल बहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन् ।
उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
अतिरिक्त शुल्क माग गरेमा हटलाइन ११५१ मा जानकारी गराउन मन्त्री श्रेष्ठको आग्रह
जेनजी आन्दोलनलाई न्याय दिने हिसावले हामी अगाडि बढेका छौँः अर्थमन्त्री वाग्ले
नेपाली चिया भारतमा प्रतिबन्ध,:83 चिया उद्योग बन्द हुने, 50 हजारको रोजगारी सं…
मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब १३ करोड ८६ लाखको बजेट
सरकारले नागरिकको संविधानप्रदत्त हकमाथि अङ्कुश लगाउन खोज्योः एमाले सांसद थेवे
नेप्से परिसूचक १२ दशमलव २६ अङ्कले घट्यो
प्रतिक्रिया