बैतडीमा मेलौली र पुर्चौडी दुई स्थानीय तह सिल
बैतडी - विश्व्यापी महामारी रुपमा फैलिएका कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको भन्दै बैतडीका दुई स्थानीय तहलाई सिल गरिएको छ । जिल्लाको मेलौली नगरपालिका र पुर्चौडी नगरपालिका क्षेत्रलाई सिल गरिएको हो ।
असोज १३ देखि असोज १७ गते राति १२ बजेसम्मका लागि नगरक्षेत्र सिल गरिएको हो । मेलौली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टका अनुसार संक्रमण पुष्टि भएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरी स्वाब संकलन गर्ने कार्य हुने भएकाले नगरक्षेत्र सिल गरिएको हो ।
यस्तै जिल्लाको पुर्चौडी नगरपालिका क्षेत्रलाई पनि असोज ११ गतेदेखि अनिश्चितकालका लागि सिल गरिएको छ ।भारतबाट फर्किएका एक जनाको कोरोनाका कारण मृत्यु भएको र आठ जना नयाँ संक्रमित थपिएपछि नगरक्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर चन्दले जानकारी दिए ।सिल भएको अवधिमा स्वास्थ्य बाहेक र आकस्मिक सेवाबाहेकका अन्य सम्पूर्ण सेवा बन्द रहेको दुवै स्थानीय तहले जनाएका छन् ।
कोभिडका २४ वटा मुद्दाको फैसला एकबर्षसम्म पनि तयार भएनन्
बढ्दै कोरोना संक्रमण : आठ दिनमा २१ संक्रमित फेला
जर्मनीमा एक व्यक्तिले लगाए २१७ पटक कोरोना खोप !
विश्वको नम्बर–१ एप इन्स्टाग्राम
कोभिड –१९ को जोखिम निरन्तर बढ्दै गएको डब्ल्यूएचओको भनाइ
वीरगञ्ज नाकामा दुई व्यक्तिमा भटियाे कोरोना
थप ७६० मा सङ्क्रमण पुष्टि
प्रतिक्रिया