दुई मन्त्रीलाई अँगालो हालेर बालेनले लेखे- देश बनाउने टोली
प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्साललाई अँगालो हालेर सामाजिक सञ्जाल फेसबुकमा फोटो पोस्ट गरेका छन्। उनले आइतबार साँझ फेसबुकमा ‘देश बनाउने टोली’ भनेर दुवैलाई दायाँबायाँ राखेको तस्बिर सार्वजनिक गरेका हुन्।
तस्बिरमा तीनै जनाले कालो चस्मा लगाएका छन्। उनीहरू तीनै जनाको पोसाक अनौपचारिक देखिन्छ।
गृहमन्त्री गुरुङ जेठ २६ मा गृहमन्त्रालय फर्किएका हुन्। उनीमाथि छानबिन गर्न बनेको समितिले क्लिनचिट दिएपछि गुरुङ दोस्रोपटक गृह मन्त्रालयको जिम्मेवारीमा आएपछि प्रधानमन्त्री बालेनले सँगै बसेको तस्बिर फेसबुकमार्फत सार्वजनिक गरेका हुन्। यद्यपि फोटो कहिले र कहाँ खिचिएको हो भन्ने खुलाएका छैनन्।
पूर्वाधार मन्त्री लम्साल बालेनका विश्वासपात्र हुन्। काठमाडौँ महानगरपालिकाको मेयर हुँदा लम्साल बालेनको पूर्वाधार विज्ञ थिए। साेहीबेला देखि उनीहरूबीच घनिष्ठ सम्बन्ध छ।
फागुन २१ को चुनावका लागि रास्वपासँग बालेन समूहले एकता गरेपछि लम्साल महामन्त्री बनेका थिए। रूपन्देही १ बाट चुनाव जितेका लम्साललाई बालेनले बजेटका हिसाबले सबैभन्दा ठूलो मन्त्रालयको जिम्मेवारी दिएका हुन्।
उता जेनजी प्रदर्शनबाट एकाएक चर्चामा आएका गुरुङले केपी ओली सरकार ढलेपछि बालेनलाई निर्वाचन सरकारको प्रधानमन्त्री बनाउने प्रयास गरेका थिए। त्यसबेला बालेनले प्रधानमन्त्री बन्न अस्वीकार गरेका थिए। त्यही बेला देखि बालेन र गुरुङको सम्बन्ध निकट देखिन्छ।
सम्पत्तिसम्बन्धी विवादमा मुछिएपछि गुरुङ जिम्मेवारीबाट हटेका थिए। त्यसपछि गुरुङमाथि छानबिन गर्न बनेको समितिले प्रतिवेदन दिएपछि बालेनले प्रतिवेदन सार्वजनिक नै नगरी गुरुङलाई गृहमन्त्रीमा फर्काएका थिए।
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
प्रतिक्रिया