इरानसँग शान्ति सम्झौतालगत्तै होर्मुज जलडमरू खुल्ने ट्रम्पको दावी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौतामा आइतबार हस्ताक्षर हुने र त्यसपछि तुरुन्तै होर्मुज जलडमरू खुल्ने दावी गरेका छन् ।
‘सम्झौता आज हस्ताक्षर हुने तालिका छ । र हस्ताक्षर भएको तुरुन्तै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ,’ ट्रम्पले सामाजिक संजालमा भनेका छन् ।
राष्ट्रपति ट्रम्पले इरानमा अब आणविक हतियार चाहँदैन भनेर पनि दाबी गरे । उनले उपयुक्त समयमा युरेनियम हटाउन संयुक्त राज्य अमेरिकाले इरानसँग काम गर्ने सुझाव दिए । उनले सम्झौतामा हस्ताक्षरले इरानसँगको अमेरिकी सम्बन्धलाई ‘भिन्न र राम्रो’ बनाउने बताए । तर आफूहरुसँग अन्तिम विकल्प पनि रहेको उल्लेख गर्दै प्रक्रिया छिटो, सजिलै र सहज रूपमा अगाडि बढ्नुपर्ने बताए ।
पाकिस्तानी विदेशमन्त्री मोहम्मद इशाक दारले पनि शनिबार अमेरिका–इरान सम्झौताको इलेक्ट्रोनिक हस्ताक्षर समारोह आइतबार हुने तय गरिएको बताएका छन् ।
पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफले पनि संयुक्त राज्य अमेरिका र इरान शान्ति सम्झौताको ढाँचामा सहमत भएका छन् र चाँडै नै यसमा हस्ताक्षर गर्ने अपेक्षा गरिएको उल्लेख गरेका छन् । पाकिस्तानले अमेरिका–इरान शान्ति वार्तामा मध्यस्थता गरिरहेको छ ।
यद्यपि, इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बखाईले आइतबार इरान र संयुक्त राज्य अमेरिकाबीच द्वन्द्व अन्त्य गर्न समझदारी पत्र (एमओयु)मा हस्ताक्षर हुने कुरा अस्वीकार गरेको खबरहरु आएका छन् ।
बखाईले इरान र संयुक्त राज्य अमेरिकाबीचको कुनै पनि सम्भावित एमओयू वार्ता जारी राख्नको लागि एक रूपरेखाको रूपमा काम गर्ने तर अन्तिम सम्झौता मान्न नसकिने जिकिर गरेका छन् ।
नेपालको प्राकृति विविधताबारे अन्तराष्ट्रिय मञ्चमा चर्चा गर्दै इन्दिरा राना
कर्मचारी छनोटमा योग्यतासँगै नैतिकता र सदाचारिताको परीक्षण आवश्यकः सभापति ढकाल
आफ्नो देशको खेल छोडेर प्रेमिकाको शोमा पुगे क्यानडाका पूर्वप्रधानमन्त्री ट्रुडो
काठमाडौँको माकलबारीबाट लागु औषध र प्रहरीको नक्कली परिचयपत्रसहित युवक पक्राउ
प्रधानमन्त्रीलाई विश्वप्रकाशको सुझाव !
स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता
प्रशासनिक केन्द्र सिंहदरबारभित्र यतिबेला एउटा ठुलो प्रशासनिक आँधीबेहरी आउने स…
प्रतिक्रिया