आज होला त अमेरिका र इरानबिच युद्ध अन्त्य सम्झौता?
अमेरिका र इरानबिच युद्ध अन्त्य गर्ने सम्झौता आज आइतबार हुने दाबी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका छन्।
तर इरानले हस्ताक्षरका लागि सही समय अझै तय नभएको बताएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँग सम्झौतामा हस्ताक्षर गर्ने समय अझै तय नभएको बताएका हुन्।
उनले विज्ञप्तिमा भनेका छन्, ‘हामीले समझदारी पत्रमा हस्ताक्षर गर्ने सही समयका लागि पर्खनुपर्नेछ।’
उनले आइतबार हस्ताक्षर नहुने जिकिर पनि गरेका छन्।
शनिबार साँझ उनले भनेका छन्, ‘यद्यपि आगामी दिनमा हस्ताक्षर हुने सम्भावनालाई नकार्न सकिँदैन। अर्को पक्षको अडानमा असंगति रहेकाले हामीले यस विषयमा कुनै अभिव्यक्ति दिँदा सावधानी अपनाउनुपर्छ।’
यद्यपि त्यसको केही घण्टापछि अमेरिकाका राष्ट्रपति ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्, ‘सम्झौतामा आइतबार हस्ताक्षर हुँदै छ र हस्ताक्षर हुनेबित्तिकै होर्मुज स्ट्रेट सबैका लागि खुला हुनेछ।’
यसैबिच यस प्रक्रियामा प्रमुख मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि दुवै देश ‘इलेक्ट्रोनिक हस्ताक्षरका लागि तयारी गरिरहेको’ दाबी गरेको छ।
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
सुस्ता क्षेत्रमा सशस्त्र प्रहरीको स्थायी सीमा सुरक्षा क्याम्प राखियोस् : एमाले सचेत…
प्रतिक्रिया