परराष्ट्रमन्त्री खनाल आज चीन जाँदै
परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा आइतबार चीन भ्रमणमा जाँदैछन् ।
चीन भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा आफ्ना चिनियाँ समकक्षी यीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । मन्त्री यी चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्य पनि हुन् ।
मन्त्री खनालको प्रतिनिधिमण्डलमा परराष्ट्र मन्त्रालयको उत्तर–पूर्वी महाशाखा प्रमुख भृगु ढुंगाना, बेइजिङस्थित नेपाली कार्यवाहक राजदूत रोशन खनाललगायत छन् । मन्त्री खनाल असार ३ गते स्वदेश फर्कनेछन् ।
चिनियाँ समकक्षीसँग हुने भेटवार्तामा नेपाल-चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहयोगलाई अझ गहिरो बनाउने सम्बन्धमा छलफल हुने नेपालस्थित परराष्ट्र मन्त्रालयले जनाएछ।
यसैगरी मन्त्री खनालले चीनका उच्चस्तरीय पदाधिकारीहरूसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।
भ्रमणका क्रममा उनले बेइजिङस्थित नेपाली दूतावासद्वारा नेपालमा वैदेशिक लगानी प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिने लगानी सम्मेलनमा सहभागिता जनाउनेछन् । सो अवसरमा उनले चिनियाँ व्यावसायिक समुदायसँग अन्तरक्रिया पनि गर्नेछन् ।
त्यसैगरी, मन्त्री खनालको सम्मानमा नेपाली दूतावासद्वारा आयोजना गरिने स्वागत समारोहमा पनि सहभागी हुने र चीनमा रहेका नेपाली समुदायसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको पनि मन्त्रालयले जनाएको छ ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएपछि परराष्ट्रमन्त्री खनालको यो तेस्रो विदेश भ्रमण हो । यसअघि मन्त्री खनालले २२ जेठमा तीनदिने भारत भ्रमण गरेका थिए । भारतमा रहँदा मन्त्री खनालले भारतीय विदेशमन्त्री एस. जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरेका थिए ।
उनीहरूबीच सीमा, व्यापार, वाणिज्य, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा तथा रासायनिक मल आपूर्तिलगायत द्विपक्षीय विषयमा छलफल भएको थियो । यस्तै मन्त्री खनालले गत महिना मोरिससको पनि भ्रमण गरेका थिए ।
दुबईका बैंकहरूमा वर्षौंदेखि ठूलो मात्रामा इरानको निक्षेप
परराष्ट्रमन्त्री खनालको चीन भ्रमण : आज पहिलो दिन के गरे ?
प्रधानमन्त्री शाहले देश बनाउने टोली भन्दै दुई मन्त्रीसँगको तस्वीर सेयर गरे
बालेन सरकारले ३१ वर्षअघिको फाइल खोलेपछि चौतर्फी प्रशंसा
सभापति लामिछाने को पहलमा सुरु गरिएको यो अभियानलाई रास्वपाले संगठनभित्र पा…
कैलाश मानसरोवरको दर्शन गर्नेको सङ्ख्या बढ्दै
महाकाली नदीमा निर्माणाधीन चार लेनको पक्की पुल नजिकको क्षतिग्रस्त गाइडबण्ड पुनर्…
प्रतिक्रिया