हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ
प्रहरीको लागूऔषध ब्यूरोको टोलीले शनिबार ललितपुरको गैरीगाउँमा हवाई फायर गरेर लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ।
ब्यूरोका अनुसार, बाराको सिम्रौनगढबाट काठमाडौँ आउँदै गरेको कारमा लागूऔषध ट्रामाडोल रहेको विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
खोजतलासका क्रममा ब्यूरोको टोलीले शनिबार ललितपुर महानगरपालिका–२३ स्थित गैरीगाउँबाट नख्खुतर्फ आउँदै गरेको कारलाई रोक्न खोजेको थियो। प्रहरीले रोक्न खोज्दा चालकले कार हुइकाएको ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले बताए।
प्रहरी टोलीले एक राउन्ड हवाइ फायर गरेपछि कार रोकिएको थियो। त्यसपपिछ प्रहरीले खानतासी गर्दा डिक्कीभित्र लुकाइ राखेको अवस्थामा ट्रामाडोलका ३० हजार क्याप्सुल बरामद गरिएको रेग्मीले बताए।
बागमती प्रदेशको बीएडी ९२०१ नम्बरको रातो रंगको कारसँगै प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–३ का ३५ वर्षीय जितेन्द्र पासवान, भारतको बिहारका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षी महमद सद्दाम रहेका छन्।
उनीहरूबाट बा. ५२ प. ४५६७ नम्बरको सेता रंगको मोटरसाइकल र पाँच वटा मोबाइल पनि बरामद गरिएको प्रहरीले जनाएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि क्षेत्रलाई सम्मानजनक र लाभमुखी व्यवसायका रू…
क्यान्भासमा उतारिए मध्यपुरका सम्पदाहरू
फलफूल तथा तरकारी ढुवानीमा विशेष सुविधा दिनुपर्नेमा जोड
अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल सरकारी निर्णयलेर्म, संस्कृत…
भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया