अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चरणमा पुगेको बताए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चरणमा पुगेको बताएका छन् ।

उनका अनुसार इरानमाथि गरिने भनिएको थप सैन्य कारबाही पनि हालका लागि रोकिएको हो ।

ह्वाइट हाउसमा सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले इरानले भविष्यमा आणविक हतियार विकास नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने अमेरिकी अडान यथावत् रहेको बताए । उनले सम्झौतासम्बन्धी कागजातहरू लगभग तयार भइसकेको र निकट भविष्यमै औपचारिक रूपमा हस्ताक्षर हुन सक्ने संकेत दिए ।

ट्रम्पले सम्भावित सम्झौतापछि विश्वको प्रमुख तेल ढुवानी मार्ग मानिने हर्मुज जलमार्ग पूर्ण रूपमा सञ्चालनमा आउने विश्वास व्यक्त गरे । यसले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

यद्यपि, इरानले भने अमेरिकी पक्षको दाबीलाई तत्काल स्वीकार गरेको छैन । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बघाइले हालसम्म कुनै अन्तिम सहमति नभएको स्पष्ट पार्दै वार्ताका क्रममा अमेरिकाले थप नयाँ र कठोर मागहरू अघि सारेको आरोप लगाए ।

ट्रम्पको उक्त अभिव्यक्तिपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेखनीय गिरावट आएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कच्चा तेलको मूल्य करिब ४.४ प्रतिशतले घटेर प्रतिव्यारेल ८९ अमेरिकी डलरमा पुगेको छ ।

यसैबीच, संयुक्त राष्ट्रसंघले मध्यपूर्व क्षेत्रमा बढ्दो तनावप्रति चिन्ता व्यक्त गर्दै सबै पक्षलाई युद्धविरामको पूर्ण पालना गर्न तथा परिस्थितिलाई थप जटिल नबनाउन आग्रह गरेको छ ।

पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल  सरकारी निर्णयलेर्म, संस्कृति असर पर्छ: गगन थापा

पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल सरकारी निर्णयलेर्म, संस्कृत…

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

विश्वकप फुटबलबारे प्रधानमन्त्री  साहले के भने ?

विश्वकप फुटबलबारे प्रधानमन्त्री साहले के भने ?

नेपालमा रेमिट्यान्सको नयाँ कीर्तिमान, एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रियो

नेपालमा रेमिट्यान्सको नयाँ कीर्तिमान, एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्र…

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’

‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’

स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको चेतावनी : ‘हालको मोडेल राज्यले धान्न सक्दैन’

स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको चेतावनी : ‘हालको मोडेल राज्यले धान्न सक्…