पाल्पामा ८४२ एचआइभी सङ्क्रमितः नियमित औषधि सेवन गर्ने ३५४ जना

जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी) सङ्क्रमित छन् । जिल्लास्थित स्वास्थ्य कार्यालयका क्षयकुष्ट रोग अधिकृत विश्वनाथ न्यौपानेका अनुसार जिल्लामा हालसम्म रहेका एचआइभी सङ्क्रमितमध्ये ३५४ जनाले नियमित औषधि सेवन गरिरहेका छन् ।

विभिन्न कारणले एचआइभी सङ्क्रमण भएकाहरूले पाल्पा अस्पताल र रामपुर अस्पतालका ‘एआरटी सेन्टर’ बाट नियमित औषधि सेवन गरिरहेका हुन् । औषधि सेवन गर्नेमध्ये १२ जना बालबालिका रहेका न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा पाँच जना एचआइभी सङ्क्रमितको मृत्यु भएको थियो ।

जिल्लामा सङ्क्रमितको सङ्ख्या थप हुन सक्ने भन्दै क्षयकुष्ट रोग अधिकृत न्यौपानेका अनुसार अपमान, भेद्भाव र लाञ्छनाका कारण समाजमा खुल्न सकिरहेका छैनन् । समाज हुनसक्ने तिरस्कारको डरले अझै पनि केही सङ्क्रमित खुल्न नसकेका उहाँको भनाइ छ । नेपालमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी र रोजगारीका लागि विदेशिनेहरू एचआइभीको उच्च जोखिममा रहेका उहाँले जानकारी दिनुभयो ।

यसैबीच, स्वास्थ्य कार्यालय पाल्पाले सचेतना फैलाउन जनप्रतिनिधि, पत्रकार, प्रहरी र एचआइभी सङ्क्रमित तथा जोखिम समूहबीच अभिमुखीकरण कार्यक्रम गरेको छ । कार्यक्रममा सहभागीहरूले एचआइभी सङ्क्रमितले नियमित रूपमा चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्नुपर्नेमा जोड दिएका छन् । 

समयमा, नियमित औषधि सेवन गर्दा भाइरसको प्रभाव नियन्त्रणमा रहने, रोग प्रतिरोधात्मक क्षमता सुदृढ हुने तथा स्वस्थ जीवनयापन गर्न सहज हुने सहभागीहरूले बताएका हुन् । सङ्क्रमित व्यक्तिले एन्टिरिट्रोभाइरल थेरापी (एआरटी) नियमित रूपमा सेवन गरेमा शरीरमा भाइरसको मात्रा न्यून रहने क्षयकुष्ट रोग अधिकृत न्यौपानेले बताउनुभयो ।

सरोकार भएका निकायका प्रतिनिधिले औषधि सेवनमा लापरबाही गर्दा उपचारको प्रभावकारिता घट्न सक्ने र स्वास्थ्य अवस्था जटिल बन्न सक्नेतर्फ सचेत गराएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख टुकप्रसाद पोखरेलले सङ्क्रमितलाई नियमित स्वास्थ्य परीक्षण गराउन, सन्तुलित आहार लिन र स्वस्थ जीवनशैली अपनाउन सुझाव दिनुभयो । 

नेपाल परिवार नियोजन सङ्घ पाल्पाका प्रबन्धक शोवाकान्त न्यौपानेले एचआइभी लागेका व्यक्तिले नकारात्मक सोच राख्न नहुने भन्दै आधारभूत सेवा, शिक्षा, स्वास्थ्य र रोजगारबाट वञ्चित गराउन नहुनेमा जोड दिनुभयो । 

प्रतिबद्ध समूहकी प्रबन्धक अस्मिता भण्डारीले सङ्क्रमितहरू समाजको भय र त्रासले खुल्न नसकेका भन्दै सचेतनाको विकास गरी सङ्क्रमितलाई श्रासरहित वातावरणमा बाँच्न पाउने वातावरण सुनिश्चित गराउन सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । नेपाल पत्रकार महासङ्घ पाल्पाका अध्यक्ष कमलराज तिमिल्सेनाले सञ्चारमाध्यमबाट यसबारे सचेतनामूलक सामग्री प्रचारप्रसार गरी समाज परिवर्तनमा भूमिका निर्वाह गर्न सबै सञ्चारकर्मीलाई आग्रह गर्नुभयो ।

पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल  सरकारी निर्णयलेर्म, संस्कृति असर पर्छ: गगन थापा

पशुपति क्षेत्रको धर्म, संस्कृति र परम्परामा प्रतिकूल सरकारी निर्णयलेर्म, संस्कृत…

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

भूमि प्रशासनका सुब्बा ४० हजार घुससहित रङ्गेहात अख्तियारको नियन्त्रणमा

विश्वकप फुटबलबारे प्रधानमन्त्री  साहले के भने ?

विश्वकप फुटबलबारे प्रधानमन्त्री साहले के भने ?

अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चरणमा पुगेको  बताए

अमेरिका र इरानबीचको तनाव तथा युद्ध अन्त्य गर्ने उद्देश्यसहितको सम्झौता अन्तिम चर…

नेपालमा रेमिट्यान्सको नयाँ कीर्तिमान, एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्रियो

नेपालमा रेमिट्यान्सको नयाँ कीर्तिमान, एकै महिनामा २ खर्ब ५७ अर्ब रुपैयाँ भित्र…

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

पाकिस्तानको दाबी – अमेरिका–इरानबिच २४ घण्टाभित्र सम्झौता हुनसक्छ

‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’

‘मतभेद र असन्तुष्टिलाई संवाद तथा सहमतिका माध्यमबाट समाधान गरिनुपर्ने’

स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको चेतावनी : ‘हालको मोडेल राज्यले धान्न सक्दैन’

स्वास्थ्य बीमा कार्यक्रमबारे अर्थमन्त्रीको चेतावनी : ‘हालको मोडेल राज्यले धान्न सक्…